सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयले ९ जिल्लाका सीडीओको सरुवा गर्‍यो

572
shares

 

काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलालीसहित विभिन्न ९ जिल्लामा गृह मन्त्रालयले सीडीओ सरुवा गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुमपश्चिम, उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा, खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

गृह मन्त्रालयले मन्त्रालयमै कार्यरत ३ उपसचिव र १ सहसचिवसहित ९ जनालाई विभिन्न जिल्लाको सीडीओ बनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports