kumari
stcnepal

संविधान छ र ? कहाँ छ ?

काठमाडौं । २०४७ सालको संविधान लेख्ने र संसारकै उत्कृष्ठ भन्नेहरु यिनै नेता हुन्, पार्टी हुन् । यिनैले जनआन्दोलनमा माओवादी प्रवेश गरेपछि सबै मिलेर त्यो संविधान च्याते, नयाँ संविधान लेखे । नयाँ संविधान, धर्मनिरपेक्ष संविधान, संघीयतासहितको संविधान भनेर यिनीहरु प्रशंसा गरिरहेकै छन् । जब कि २०७२ साल असोज ३ गते जारी संविधान २०७८ साल पुसमा आइपुग्दा संविधानको नामोनिसान केही पनि छैन ।

संविधानले गरेको विधिको शासन अक्षरमा सिमित भयो, अदालत सडकभरि टुकुचाको फोहरझैं छताछुल्ल हुनपुगेको छ । न संसद संसदजस्तो छ, न सरकार सरकारजस्तो । अदालतले सरकार बनाइदियो, प्रधानमन्त्री तोकिदियो, संसद कहाँ छ ? कसैलाई थाहा छैन । संविधान छ र ? भन्ने स्थिति आयो ।

२०४७ सालको संविधानको सपथ खानेहरुले २०७२ को संविधानको सपथ खाए । संविधानका प्रावधानहरुलाई उल्लंघन गरेर सेटिङमा भागशान्ति जय नेपाल गर्ने यिनै भए । संविधान संविधानजस्तो होइन, फोहरको कागजको पोको जस्तो पो हुनपुग्यो ।
यो दुरावस्था देखेर पनि बुद्धिजीवीहरु निकास दिने सुझाव दिन सकिरहेका छैनन् । तैँ चूप मै चूप भएर पो बसेका छन् ।

footer