सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीमा टिके प्रणाली नै लागु

442
shares

 

काठमाडौँ । सत्ताको दोस्रो ठूलो दल माओवादी केन्द्रको ८ औँ महाधिवेशन ८ दिनमा सम्पन्न भएको छ । निकै तमझमका साथ सुरु गरिएको महाधिवेशनमा कार्यकर्ताहरुलाई भने ताली बजाउनैका लागि मात्र सिमित गरिएको छ । गत मंसिर महिनामा संसदको प्रमुख विपक्षी दल नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा सम्पन्न भएको थियो । नेकपा एमालेले आफ्नो महाधिवेशनलाई एकताको महाधिवेशन भनेको थियो । पार्टी अध्यक्ष केपी ओलीले सहमति कै आधारमा पदाधिकारी र केन्द्रीय सदस्यहरु चुन्ने बताएका भएपनि केही नेताहरुले त्यसलाई अस्वीकार गर्दै निर्वाचनमा गएका थिए । पार्टी अध्यक्ष केपी ओली सहित अन्य केही नेताहरु र पदाधिकारीहरु निर्वाचनबाटै निर्वाचित भएका थिए ।

नेकपा एमालेको अधिवेशन र नेतृत्व चयनको प्रकृयालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुले नेकपा एमालेले लोकतन्त्रको खिल्ली उडाएर कार्यकताहरुलाई अधिकारवाट वञ्चित गरेको आरोप लगाएका थिए ।
नेकपा एमालेलाई लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउने माओवादी केन्द्र र त्यस्का अध्यक्ष सहितका नेताहरुले आफ्नो पार्टीको महाधिवेशनमा

कार्यकर्ताहरुको भावना विपरित टिके प्रणाली अपनाएर अध्यक्ष दाहालले केन्द्रीय समितिमा आफु सहितका २३६ नेताहरुलाई मनोनित गरेका छन् । पार्टीका केही नेता तथा कार्यकर्ताहरुले मतदानको माध्यमद्धारा पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनुपर्ने माग गरेपनि त्यसलाई वेवास्ता गर्दै अध्यक्ष दाहालले कार्यकर्ताहरुको भावना विपरित टिके प्रणाली अपनाएर आफ्नो पद सुरक्षित मात्र राखेका छैनन् आफ्नो पक्षका सबैलाई पदमा सुरक्षित गरेका छन् ।
टिके प्रणालीवाट चुनिएका व्यक्तिहरुले नै अध्यक्ष सहित पदाधिकारी, पेलिटव्यूरो र स्थायी समितिका सदस्यहरु चुन्ने भएकोले ति सबै टिके पदमै सिमित भएका छन् ।

लोकतान्त्रिक पद्धति अनुसार निर्वाचन भएको भए अहिले अध्यक्षद्धारा केन्द्रीय समितिमा राखिएका धेरै व्यक्तिहरु पराजित हुन सक्ने भएकाले, अध्यक्ष दाहालले अनेक वहानावाजी गर्दै ठूलाठूला कुरा गरेर कार्यकर्ताहरुलाई मूलमूलैयामा राख्न सफल भएका छन् । दाहाल अध्यक्ष भएको ३३ वर्ष भयो अवको पाँच वर्षसम्म पनि उनी अध्यक्ष नै रहने भएकोले एउटै पदमा रहने व्यक्तिको रेर्कड अध्यक्ष दाहालले तोड्ने भएका छन् । त्यो केवल उनको लागि मात्र पार्टीका कार्यकर्ता र जनताले के पाए त ? यी सबै कारणहरुले गर्दा भन्न सकिन्छ , आफ्नो आङ्को भैसी नदेख्ने माओवादीले अर्काको आङको जुम्रा देख्ने प्रयासमा छ उ भनेर । माओवादी केन्द्रले लोकतन्त्रको माला जपेर लोकतन्त्र कै ध्वज्जी उडाएको छ । लोकतन्त्रको नाममा व्यक्तिवादी प्रकृतिमा माओवादी केन्द्र उद्धत्त रहेको प्रष्ठ भएको छ, टिके प्रणाली अपनाएर ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports