kumari
stcnepal

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले ओलीसामू आग्रह गर्ने

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नुहुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुने बताउनुभयो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागबण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

footer