सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले ओलीसामू आग्रह गर्ने

481
shares

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नुहुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुने बताउनुभयो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागबण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports