kumari
stcnepal

१० जना सह–सचिवको सरुवा, को कहाँ पुगे ?

 

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरूको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले चार दिनअघि नै विभिन्न मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा भएको पुष्टि गरेका हुन् । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरूको सरुवा भएको उनले बताए ।

श्रवणकुमार तिमिल्सेना, शिवकुमार कार्की र मनमाया पंगेनीलाई गृह मन्त्रालयबाट बाहिर पठाइएको छ भने सहसचिव राजेश्वर ज्ञवाली र नारायणप्रसाद रिसाललाई गृह मन्त्रालयमा प्रवेश गराइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
आयोगमा कार्यरत सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद रिसाल भने गृह मन्त्रालय प्रवेश गरेका छन् ।
बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई समावेशी आयोगमा सरुवा गरिएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखरामा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव भरत अर्यालको झोलुंगे पुल डिभिजन कार्यालयमा सरुवा गरिएको छ ।
राजश्व प्रशासन तालिम केन्द्रका दीर्घराज मैनालीलाई सामाजिक विकास मन्त्रालय प्रदेश १ मा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रिता जोशीलाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यलाई कर्णाली प्रदेशकै आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ । आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिव चक्रबहादुर बुढालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

footer