२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि सहित ४२ जना बिरूद्ध रूपन्देही जिल्ला अदालतमा मुद्धा दायर

1.34K
shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अदालतमा आज आइतबार ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले संगठित रुपमा ठगीको कसुरमा थप १४ सहित ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएका जानकारी दिइन् । लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।२ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । आज १४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports