२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता अधिवेशन बोलाउने बारे छलफल

845
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।संघीय संसद्‌को नियमित अधिवेशन १८ माघमा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गरिसकेको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।

संसद्‌का विपक्षी दलहरूले एक स्वरमा संसद्को अधिवेशन तत्काल बोलाउन माग गर्दै अन्यथा विशेष अधिवेशनको माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले नियमित अधिवेशन बोलाउने तयारी गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports