२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साहारा चितवन ठगी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

871
shares

काठमाडौं । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।

७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले अनुसन्धान प्रतिवेदन गत शुक्रबार बुझाएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं । अब बाँकी काम त्यताबाटै हुन्छ’ एसपी मिश्रले भने । उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

यस अघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । त्यतिबेला १७ जनालाई प्रतिवादी बनाइएको थियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports