२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाइडेन प्रशासनका ७८ निर्णय ट्रम्पले गरे खारेज

988
shares

वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । शपथ लिने बित्तिकै ट्रम्पले ओभल अफिसमा धेरै कार्यकारी कार्यहरूमा हस्ताक्षर गरेर पत्रकारहरूको प्रश्नका जवाफ पनि दिए । यस क्रममा विदेश नीतिको बारेमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश नीतिमा आफ्नो प्राथमिकता अमेरिकालाई सुरक्षित राख्नु हुने बताए।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टामै ट्रम्पले धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे । उनले जो बाइडेन प्रशासनका ७८ निर्णयहरू खारेज गरे । यससँगै अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा पनि गरेका छन् । सेना र केही अन्य आवश्यक क्षेत्रहरू बाहेक सबै सङ्घीय भर्नाहरू पनि रोकेका छन् । यति मात्र होइन, ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गरे । उनले अमेरिकामा विदेशी गिरोह सदस्यहरूलाई लक्षित गर्न १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने योजना पनि घोषणा गरे । यो कानुनी अधिकार अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर-नागरिकहरूलाई नजरबन्द शिविरहरूमा थुन्न प्रयोग गरिएको थियो ।

राष्ट्रपति बन्ने बित्तिकै, ट्रम्पले जनवरी ६ को हिंसाको लागि दोषी ठहराइएका आफ्ना समर्थकहरूलाई माफी दिएका छन् । ट्रम्पले जनवरी ६, २०२१ को हिंसाका दोषीहरूलाई माफी दिइने वाचा गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports