राप्रपाका केन्द्रीय सदस्य पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश
वि.सं.२०८१ माघ १४ सोमवार १८:२९
shares

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पौडेल ‘पुरुष’सँग अदालतले १ लाख धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेलसँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको थियो । गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम पौडेलका नाममा बिगो कायम गरिएको हो । पौडेल सुपर सिटी ईन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सेयरधनी हुन् ।





































