२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालको समर्थनमा प्रधानमन्त्री बन्दा देश बन्दैन भनेर काँग्रेसको सहकार्यमा प्रधानमन्त्री बनेको हु : प्रधानमन्त्री ओली

897
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अप्ठ्यारो स्थितिमा पुगेपछि कांग्रेससँग मिलेर सरकार बनाएको बताएका छन् ।

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा पुगेपछि प्रतिस्पर्धी दलहरू मिलेका हौं ।उनले देश तमासाजस्तो भएको टिप्पणी गरे ।उनले भने, ‘देश बनाउने कुरा कुनै ख्यालठट्टा होइन । मजाकको कुरा हो र ? देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने, लोकतन्त्रलाई सुदृण गर्नको लागि मिलेका हौं । आजै ढल्छ भोलि बिहान सरकार ढल्छ भन्नेर गरेको बिलौनाको कुनै अर्थ छैन ।’

उनले देशलाई स्थिायित्व दिएर बलियो बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेले संकल्प गरेको बताए । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिएर प्रधानमन्त्री बन्नुको अर्थ नभएको बताए ।उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘देउवाले पनि प्रधानमन्त्री छाडेरै आउनुभएको हो । मैले पनि छाडेरै आएको हो । मैले दिँदा मान्नुभएन भन्नेको सुनेको थिएँ । त्यस्ताको साथ लिएर प्रधानमन्त्री चलाएर के गर्नु ? बन्छ देश ? हुँदै भनेर छाडेको हुँ । कांग्रेसले अफर गरेपछि बनेको हुँ । अब १७ १८ महिनापछि देउवाजी बन्नुहुन्छ । अहिले कांग्रेसबाट पूरा साथ पाएको छु, पछि हामी साथ दिन्छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports