linktrix Long Ad
Salt Trading Long Ad

निर्माण व्यवसायीदेखि सञ्चार गृहसम्मको मूल्य अभिवृद्धि कर बक्यौता

585
shares

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई मूल्य अभिवृद्धि कर दाखिला गर्न आह्वान गरेको छ । कार्यालयले मूल्य अभिवृद्धि कर बक्यौता दाखिला गर्ने सम्बन्धी आजएक सूचना जारी गर्दै पाँच लाख भन्दा बढी बक्यौता रहेका करदाताहरुलाई १५ दिनभित्र मूल्य अभिवृद्धि कर दाखिला गर्न भनेको हो ।

सूचनामा भनिएको छ– यस कार्यालय अन्तर्गत दर्ता रहेका पाँच लाख भन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता भएका करदाताहरुलाई विभिन्न मितीमा कार्यालयबाट पत्रचार, टेलिफोन, संकलन भ्रमण समेतबाट बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न जानककारी गराईएकोमा हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेश नगरेकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेश गर्न जानकारी गराईन्छ ।

मूल्य अभिवृद्धि कर नतिर्नेमा सञ्चार गृहदेखि सुगर मिल्स, निर्माण व्यवसायीसम्म रहेका छन् । सूचनामा उल्लेख भएअनुसार एभेन्युज टेलिभिजनले पाँच करोड ३५ लाख १० हजार रुपैयाँ मूल्य अभिवृद्धि कर वापतको बक्यौता तिर्न बाँकी रहेको छ । त्यस्तै, अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रालीले ८ करोड ६२ लाख ९१ हजार ५१७ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

त्यसैगरि मूल्य अभिवृद्धि कर वापतको बक्यौता रकम तिर्न बाँकी रहेकाहरुमा बैदेही ईक्यूपमेन्ट एण्ड कन्ट्रक्सन प्रालीको ८ करोड ३४ लाख २९ हजार ८४१ रुपैयाँ, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको २ करोड ४८ लाख ११ हजार ४८५ रुपैयाँ, एभरेष्ट डिष्ट्रिव्यूसन प्रालिको एक करोड ९५ लाख २१ हजार ६१० रुपैयाँ र शंकर माली निर्माण सेवाको एक करोड ३७ लाख ८९ हजार रहेको छ ।

यस्तै, आईएमएस एयरपोर्ट सर्भिसेज प्रालीको एक करोड ६ लाख २९ हजार ५ रुपैयाँ, बागबजार छापाखानाको ८५ लाख रुपैयाँ, कान्तिपुर म्यानेजमेन्ट प्रालीको ९ लाख ७५ हजार ६७ रुपैयाँ, ग्याविओनेटको एक करोड ५० लाख ९० हजार ५५७ रुपैयाँ र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालीको एक करोड ४० लाख ९९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर वापतको बक्यौता रहेको एक सूचनामा उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports