kumari
stcnepal

काठमाडौं आइपुगे बेलायती राजकुमार

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् । राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक-फरक जहाजमार्फत भएको बताइएको छ । बेलायती राजकुमार दम्पतीले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् । राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाले आज दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

footer