सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्तमान पुनले ल्याइएको बजेट ९१ प्रतिशत मात्र खर्च हुने अर्थमन्त्री पौडेलको अनुमान

468
shares

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको लागि ल्याएको बजेट करिब ९१ प्रतिशत मात्रै खर्च हुने अर्थमन्त्री विष्णु प्रसाद पौडेल बताएका छन् । निवर्तमान अर्थमन्त्री पुनले चालू आवको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

अर्थमन्त्री पौडेलले बिहीबार प्रतिनिधिसभामा बजेटको मध्यावधि मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै उनले चालू आर्थिक वर्षमा विनियोजित बजेटको १६ खर्ब ९३ अर्ब ७३ करोड ३५ लाख मात्रै खर्च गर्ने संशोधित अनुमान रहेको बताए । अर्थमन्त्री पौडेलले विनियोजनको ९०.९९ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान प्रस्तुत गरेका छन् ।उनका अनुसार चालु खर्च तर्फ १० खर्ब २९ अर्ब ३० करोड मात्रै खर्च हुने अनुमान रहेको छ । चालू आवमा ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो । संशोधित अनुमान ९०.२४ प्रतिशत हो ।त्यस्तै, पुँजीगत तर्फ २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख खर्च हुने संशोधित अनुमान रहेको छ । उक्त संशोधित अनुमान विनियोजनको ८५ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख खर्च हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएको थियो । जुन विनियोजनको ९९.०९ प्रतिशत हो ।राजस्व परिचालन १२ खर्ब ८६ अर्ब रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । राजस्व र आन्तरिक ऋणबाट १४ अर्ब ७५ अर्ब बराबरको स्रोत जुट्ने सरकारको अनुमान रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports