kumari
stcnepal

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनी ४८८ मतसहित निर्वाचित भएका हुन् । कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीप कुमार कटुवाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।

 

सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो ।

त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदीश्वर तोलाङे र विनोद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।

त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मञ्जुले ४४५ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी खड्ग रजनले ३११ मत पाए भने नवराज थिङले ४४० मत पाए ।

footer