विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित

793
shares

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनी ४८८ मतसहित निर्वाचित भएका हुन् । कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीप कुमार कटुवाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।

 

सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो ।

त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदीश्वर तोलाङे र विनोद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।

त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मञ्जुले ४४५ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी खड्ग रजनले ३११ मत पाए भने नवराज थिङले ४४० मत पाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports