विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालसँग सीमा जोडिएका क्षेत्रलाई भारतले संवेदनशील क्षेत्र घोषणा गर्‍यो

663
shares

काठमाडौं । भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका सात जिल्लाका मतदान केन्द्रहरूलाई संवेदनशील घोषणा गरेको छ ।

उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको हो । पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो ।

उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् । तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् ।

उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ ।

निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ ।

भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्मममा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ । उनीहरूले निर्वाचनमा कुनै न कुनै तरिकाले प्रभावित पार्न सक्ने भएकाले उनीहरूमा कडा निगरानी राख्दै सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports