नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा आज पोखरा जाने

910
shares

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाने भएका छन् । आइतबार दिउँसो पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा पोखरा जान लागेका हुन् ।

भैरहवाबाट उनी पूरानो पोखरा विमानस्थल दिउँसो २ बजे उत्रनेछन् । उनलाई पूरानो विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ ।नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले राजाको स्वागतका लागि आह्वान गरेको छ ।

नागरिक स्वागत मूल समारोह समितिका सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजाको झन्डै दुई साता लामो पोखरा बसाँइ हुनेछ । ‘पोखरा आसपासका जिल्लाकोसमेत भ्रमण हुनेछ’, गिरीले भने, ‘के कार्यक्रम हुनेछ टुंगो लाग्न बाँकी छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports