सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बबरमहलमा मेलम्चीको पाईप फुट्यो, केयुकेएल भन्दछ विधुत्त प्राधिकरणले पाइपमा क्षति पुर्यायो

416
shares

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुर्‍याएको र अचानक फुट्दा बाढीको रूप लिएको बताएको छ।

बुधबार दिउँसो साढे २ बजेतिर बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो। पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो।केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले विद्युत प्राधिकरणको लापरबाहीले गर्दा थोक वितरण प्रणालीकै पाइपमा क्षति पुगेको बताए।

‘तेस्रो पक्ष (विद्युत प्राधिकरण) को कारण पाइपमा क्षति पुगेको देखियो, त्यहाँ ८०० एमएमभन्दा ठूला पाइप बिछ्याइएको छ, जमिन भिरालो हुँदा पानी बढी बग्यो,’ उनले सेतोपाटीसँग भने, ‘अहिले चुच्चेपाटीस्थित मुख्य वितरण प्रणालीको पाइप नै बन्द गरिएको छ। तथापि पाइप ठूलो रहेको र त्यसमा जम्मा भएको पानीका कारण बबरमहल सडकमा बग्न रोकिएको छैन।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports