linktrix Long Ad
Salt Trading Long Ad

यि अपस्तालमा लगाइन्छ कोरोना विरुद्धका खोप

559
shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर तीव्र बन्दै गएपछि सरकारले कोरोनाविरुद्धको खोपमा सर्वसाधारणको पहुँच बढाउने रणनीति अपनाएको छ ।

जसअनुसार पछिल्लो समय काठमाडौंमा थप ६ वटा स्थानबाट पनि खोप उपलब्ध गराउने तयारी भएको छ । निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्नसक्ने निर्णय गर्दै सरकारले विभिन्न अस्पतालहरूलाई खोप केन्द्र सञ्चालन गर्ने अनुमति दिएको छ ।

सरकारको निर्णय अनुसार आजदेखि नै काठमाडौंका विभिन्न अस्पतालहरूले कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालनको तयारी गरेका छन् । ती खोप केन्द्रहरूबाट १८ वर्षमाथिका सर्वसाधारणलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हालसम्म काठमाडौंमा ११ खोप केन्द्र थिए ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं मोडेल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports