२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धादिङमा आज सुख्खा पहिरो आउँदा तीन जना पुरिए

767
shares

 

धादिङ । धादिङमा आज बिहान सुख्खा पहिरो आउँदा तीन जना पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार रूबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।

रूबी भ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङका अनुसार डोजरले सडकको ट्र्याक खनिरहेको थियो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएका छन्। बिहान साढे सात बजेतिर पहिरो खसेको स्थानीयले बताएका छन्।

‘हाम्रो नजिकको युनिट घटनास्थलतिर गइसकेको छ। प्रहरी टोलीलाई जान अझै केही घन्टा लाग्छ,’ डिएसपी भण्डारीले भने,‘अहिले पनि माथिबाट ढुंगाहरू खसिरहेकाले स्थानीयले पनि पुरिएकाको उद्धार गर्न नसकेको भन्ने खबर छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports