kumari
stcnepal

भारतीय हस्तक्षेपप्रति राप्रपाको विरोध

काठमाडौँ । नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोबारे सरकार र सत्तारूढ गठबन्धनको मौनताबारे राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आश्चर्य व्यक्त गरेको छ ।

राप्रपाका माहामन्त्री भुवन पाठकले विज्ञप्ति प्रकाशन गरेर नेपाली भूमिमाथि भारतले गरिरहेको हस्पक्षेपको विरोध गर्दै त्यसप्रति नेपाल सरकारको मौनता दुःखद र रहस्यमय भएको बताएका छन् ।भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ,’ पाठकले भनेका छन् ।

‘केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,’ पाठकले हिजो (शनिवार )जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न राप्रपाले माग गरेको पाठकले विज्ञप्तिमा भनेका छन् ।

 

footer