विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरि मा¥यो ध्रुवे हात्तीले मान्छे

689
shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ध्रुवेुको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि हिजो शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । शनिबार साँझ सेनाको टोली साइकलमा गस्ती गएको थियो।

‘तीन जना अगाडि गइसक्नुभएको रहेछ। उहाँ चौथो नम्बरमा हुनुहुँदो रैछ। अचानक बाटोमा आएको हात्तीले उहाँको ढाडमा किचेछ,’ सूचना अधिकारी तिवारीले भने। गस्तीमा गएका अरू सैनिकहरू भने सुरक्षित छन्। सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार थापाको शव अहिले भरतपुर मेडिकल कलेजमा राखिएको छ। उहाँका परिवारलाई खबर गरिसकिएको छ। भरतपुर पुगेपछि शव हस्तान्तरण हुन्छ,’ उनले भने।

२०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले यसअघि १५ जनाको ज्यान लिएको थियो। ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लिएको थियो। यो हात्तीले ५० वटा घर भत्काएको र टाइगर टप्स होटलको एउटा भाले हात्ती पनि मारेको निकुञ्ज कार्यालयको तथ्यांक छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports