सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालविरुद्ध अख्तियारको छानविन अन्तिम चरणमा

793
shares

 

काठमाडौ । ठुला ठुला भ्रष्ट्राचारको काण्डमा पूर्वप्रधानमन्त्री देखि मन्त्रीहरु, सांसदहरु र उच्च तहका सरकारी कर्मचारीहरु संलग्न भएका भएपनि उनीहरुमाथि कानुनी कारबाही नै नहुने भएकाले गर्दा भ्रष्ट्राचारन्यूनीकरण होइन दिनप्रतिदिन बढ्दै गएको प्रष्ट रुपमै देख्न सकिन्छ । ठुला ठुला भ्रष्ट्राचारमा राजनीतिक दलका नेताहरु र उनीहरुमै दवावमा मन्त्री सचिवहरु समेत संलग्न हुँदै गएका छन् ।
ललिता निवास जग्गा काण्डमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराई मुछिएका भएपनि उनीहरुलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले उन्मुक्ति दिएर केही मन्त्रीहरु र केही सचिव लगायतका अन्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । माधव नेपाल र बाबुराम भट्टराई ललिता निवास ज ग्गा काण्डमा मुछिएका भएपनि उनीहरुमाथि मुद्दा नचलाइएको भन्दै सर्बोच्च अदालतमा परेको रिट विचाराधिन अवस्थामा रहेको छ । त्यसै विषयमा अख्तियारले समेत छानविनलाई अन्तिम चरणमा पु¥याएको छ ।
माधव नेपाल प्रधानमन्त्री रहेका बेला माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले भारतीय योगगुरु रामदेवको पतञ्जलीका नाममा खरिद गर्न हदबन्दी भन्दा बढीको जग्गा खरिद गरेको र सो जग्गा दुई महिना नपुग्नै विक्रि गर्न दिने निर्णय माधव नेपालकै नेतृत्वको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । यसरी हदबन्दी भन्दा बढीको जग्गा विक्रि वितरण गर्न दिने कानुन नै नभएको अवस्थामा नेपाल नेतृत्वको सरकारले कसरी त्यो जग्गा खरिद र विक्रि वितरण गर्न दियो त्यसको जवाफ माधव नेपालले दिनुपर्ने कि नपर्ने ?
ललिता निवास जग्गा काण्डमा समेत माधव नेपाल र बाबुराम भट्टराई संलग्न रहेका र उनीहरुले ललिता निवास जग्गामा नक्कली मोही खडा गरेर मात्र होइन नक्कली गुठी नै खडा गरेर नक्कली गुठी टिकिन्छाका मोहीलाई जग्गा दिने निर्णय गरको थिए । उनीहरुलाई उन्मुक्ति दिने काम प्ुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो ।
काभ्रेको हदबन्दी भन्दा बढीको सरकारी जग्गा त्यसमा पनि हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्ने माधव नेपाल नेतृत्वको सरकारको निर्णय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र सो उजुरीको विषयमा अनुसन्धान हुँदा जग्गा विक्रि गर्न दिने निर्णयमा कैफियत देखिएको हुनाले अख्तियारले माधव नेपालसँग बयान लिइसकेको हुनाले अब सो विषयमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । त्यसले गर्दा नेपाललाई छटपटी बढ्दै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports