राजतन्त्र पक्षहरु एकै ठउँमा उभिए
वि.सं.२०८२ वैशाख १८ बिहीवार १७:५७
shares

काठमाडौ । २०६२÷६३ को आन्दोलनपछि राजतन्त्रको अन्त्य गरिएपछि विभिन्न टुक्रामा विभाजित भएका राजावादीहरु पछिल्लो समयमा वैशाख १५ गते एउटै मञ्चमा उभिएका छन् । राप्रपा नेपालले आयोजना गेको कार्यक्रम शान्तिवाटिका रत्नपार्कमा १५ गते आयोजना गरिएको विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र राप्रपाका सांसद एवं महामन्त्री धवलशमशेर राणा लगायत अन्य धेरै व्यक्तिहरु एउटै मञ्चमा उभिएर अब विभिन्न टुक्रामा विभाजित भएका राजावादीहरु मिलेर मात्र आफ्नो लक्ष्यमा पुग्ने उद्घोष गरेका छन् ।
राप्रपा नेपालले सोमबार आयोजना गरेको विरोधसभा उनीहरु एकै ठाउँमा उभिएर अब एक भएर आन्दोलनमा जाने र अहिले भइरहेको लोकतन्त्रका नाममा लुटतन्त्र र निरंकुशताको अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सो कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष लिंदेनले भ्रष्टाचार र कुशासनले मुलुक आक्रान्त बनेको र भावी सन्ततीको भविष्य समेत अन्योलमा परेको बताएका थिए ।
यस्तो बेला देशको अस्मिताको रक्षा गर्न देशभक्त राष्ट्रवादीहरु एकै ठाउँमा आउन उनले जरुरी रहेको बताएका थिए । उनले भने लोकतन्त्रको नाममा लुटतन्त्र भैरहेको छ त्यसको अन्त्य सबै राष्ट्रवादीहरु एकै ठाउँमा आउनु बाहेक अर्को विकल्प नभएको उनले बताएका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरु एक ढिक्का भएर अघि बढेको खण्डा केही महिनामै राजसंस्था पुर्नस्थापना हुने दावी समेत गरेका थिए । त्यसैले आ आफ्नो स्वार्थ त्यागेर एक ढिक्का भएर अघि बढ्न उनले सबै राष्ट्रवादीहरुलाई आग्रह गरेका थिए भने राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले देशमा गुण्डाराज भएको आरोप लगाएका थिए ।
राजसंस्था पुर्नस्थापना लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुर्नस्थापना गर्न चाहने शक्तिहरु एक हुनुपर्ने बताउँदे अहिलेको आवश्यकता भनेको राजसंस्थको पुर्नस्थापना नै हो भन्ने बताएका थिए ।



































