सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यसकारण लोकतन्त्रमाथि नै जनताको अविश्वास

845
shares

 

राजनीति भन्ने शब्दको सबै अक्षरहरु बाङ्गा रहेकाले राजनीति सँधै सही बाटोमा अघि बढ्छ भन्ने आधार नै देखिँदैन । राजनीतिलाई अनेक शब्दले सिंगारिएपनि सही अर्थमा राजनीति भनेको जनताको र मुलुकको हितमा गरिने क्रियाकलाप नै हो । राजनीतिलाई लोकतान्त्रिक शब्दमा भनिने गरिएको जनताको शासन भने पनि शासकवर्गहरुबाट जनताको हितमा नभएर केही दलाल पुँजीपति र आफ्नो पार्टीको हितमा मात्र काम गरिँदै आएकाले बहुसंख्यक जनताले राजनीतिबाट फाइदा उठाउन सकेका छैनन् । लोकतन्त्र भनेको यस्तो शासन व्यवस्था हो जहाँ देशका नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गरी आफ्ना प्रतिनिधिलाई निर्वाचनको माध्यमबाट निर्वाचित गर्दछन् । तर व्यवहारमा त्यस्तो देखिँदैन नागरिकलाई राजनीतिज्ञहरुले विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा मतदान गर्न बाध्य पार्ने भएकाले नागरिकले स्वतन्त्र भएर मतदान गर्न सक्ने अवस्था नै रहँदैन । निर्वाचनको माध्यमबाट चुनिएका प्रतिनिधिहरुले नै शासन गर्ने भनिएतापनि भित्रभित्रै केही दलालहरुले आफ्नो स्वार्थअनुसार नै शासन गर्न सरकारमा पुगेका व्यक्ति वा पार्टीका नेताहरुलाई बाध्य पार्ने गरेको इतिहास साक्षी रहेको छ ।
अनेक बलिदान र संघर्षको फलस्वरुप प्राप्त भएको लोकतन्त्रप्रति जनतामा किन यसरी आक्रोश र निराशा छाएको छ ? त्यसको पहिलो कारण हो राजनीतिक अस्थिरता । पछिल्लो समयलाई नै हेर्ने हो भने २०७९ को निर्वाचन पछिको समयमा ४ वटा सरकार परिवर्तन भैसकेका छन् । आजसम्म कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न सकेका छैनन् । राजनीतिक दलहरुबीचमा सहकार्य हुन नसक्नु र एउटाले अर्कोलाई विश्वास गर्न नसक्नुले गर्दा नै राजनीतिक अस्थिरता आएको हो । अस्थिर सरकारले आफ्ना सरकार टिकाई राख्न जस्तासुकै हथकण्डा अपनाने भएकाले उसले जनताका काम र विकास निर्माणका काम गर्न सक्ने सम्भावना नै हुँदैन । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताबाट बाहिरिनु परेको पिडाले छपटाईरहेका र उनले प्राय प्रत्येक दिन केपी ओली नेतृत्वको सरकार आज ढल्ने, भोली ढल्ने भन्दै अभिव्यक्ति दिँदै आएका हुनाले सरकार आफ्नो बचाउ मै सक्रिय भएकाले उसले मुलुकका समस्याप्रति ध्यान दिन सकेका छैन ।
भ्रष्टाचार नेपालको लोकतन्त्रका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । राजनीतिक दलका उच्च तहका नेताहरु नै भ्रष्टाचारमा संलग्न भएका र उनीहरुलाई कानुनी कारबाही नहुने र कारबाही गर्दा सरकार नै ढल्न सक्ने भएकाले भ्रष्टाचारीहरुमाथि कारबाही नभएको र भ्रष्टाचार बढ्दै गएको प्रष्ट रुपमै देखिएको छ । साना ठुला प्राय सबै आयोजनाहरु भ्रष्टाचार भएकाले लोकतन्त्रले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन सकेको छैन । सिमित व्यक्तिले मात्र लोकतन्त्रको फाइदा उठाउँदै आएकाले जनतामा निराशा बढेको हो । अर्को भनेको कानुनको शासनमा देखिएको कमजोरीले पनि जनतामा निराशा बढाएको छ । पहुँचवाला र शक्तिमा रहेका व्यक्तिले कानुनको उल्लंघन गर्दा पनि उनीहरुले उन्मुक्ति पाइरहेका छन् । कानूनको नजरमा सबै बराबरी भन्ने सिद्धान्तलाई खिल्ली उडाइएको छ । यसले गर्दा लोकतन्त्रको मूल्य मान्यता माथि नै प्रश्न उठेको छ ।
जबसम्म नागरिकले न्याय महसुस गर्न सक्दैनन् त्यसबेलासम्म लोकतान्त्रिक पद्दति प्रति नै जनताको आस्था र विश्वास कम हुँदै जान्छ । निर्वाचन जितेपछि जनताका प्रतिनिधि हौँ भन्नेहरुले जनताका आवाज सुन्दैनन् जनताका मुद्दालाई वेवास्ता गर्दै उनीहरु कमाउ धन्दातिर लाग्ने भएकाले जनताले कष्टमाथि कष्ट सहनुपर्ने बाध्यता रहेको छ । त्यसबेला जनताले आफूहरु ठगीएको महसुस गर्ने गरेकाले उनीहरुमा निराशा उत्पन्न हुने गरेको छ । जनता र नेताबीचको बढ्दो दुरीले गर्दा लोकतन्त्रप्रति जनताको विशवास टुट्दै जाने र लोकतन्त्र केबल औपचारिकतामा सिमित हुने गरेका हुनाले पनि जनतामा निराशा र आक्रोश बढ्दै गएको हो ।
जनताले चाहेको विकास हुन नसक्दा युवा वर्गमा आक्रोश बढ्ने गरेका हुनाले उनीहरु विदेश जान बाध्य भएका छन् । देशभित्र रोजगारी पाउन शक्तिमा रहेका व्यक्तिहरुको आर्शिवाद चाहिने तर गरिब जनताका छोाछोरीहरुले कसैको आर्शिवाद नपाउने भएकाले उनीहरु निराशा हुँदै विदेशमा जान बाध्य पारिएका छन् । युवा वर्ग सबै विदेशमा जाने भएकाले गाउँका बस्तीहरु खाली हुँदै गएका छन् भने जमिन बाँझो रहेको छ । युवावर्गले लोकतान्त्रिक व्यवस्थालाई समेत आफ्नो जीवनको आधारशिला मान्न सकेका छैनन् त्यही कारणले गर्दा उनीहरु विदेश भासिन बाध्य भएका छन् वा पारिएका छन् ।
राजनीतिक दलहरुमा देखिएका विभाजन र स्वार्थकेन्द्रीत राजनीतिले राष्ट्रिय हीत र राष्ट्रिय स्वार्थलाई ओझेलमा पारेको छ । सबै दलहरुको उदेश्य भनेको जनताको हितमा काम गर्ने भनेपनि व्यवहारमा त्यस्तो देखिएको छैन । राजनीतिक दलका शिर्ष नेताहरु को प्रधानमन्त्री बन्ने भन्ने होडमा सरकार ढाल्ने र सरकार बनाउने कार्यमा सँधै सक्रिय रहने भएकाले आजसम्मका कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न नसकेको हुनाले अब संविधान नै संशोधन गरेर सांसदहरु मन्त्री बन्न नपाउने र विज्ञहरुलाई समेटेर सरकार निर्माण गर्ने व्यवस्था गरिनु उपर्युक्त हुनेछ भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports