तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी–२० विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय टोली घोषणा

520
shares

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ । अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् ।

क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन । फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजित गर्दा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स समूहमा ‘बी’मा परेका छन् । आयरल्याण्ड, युएई, जर्मनी र बहराइन भने समूह ‘ए’ मा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports