विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले अब कोरोनाको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल खोप नदिने

715
shares

काठमाडौं । सरकारले अब कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल खोप नदिने भएको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका÷कोभिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छ ।

विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०९र२८ को मन्त्रिस्तरीय निर्णयानुसार कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र )दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८/१०/५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।”

विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports