प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

585
shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ । पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले हिजो बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३(३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।  नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports