तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारूढ दलहरुको राजनीतिक समन्वय समितिको आजको बैठक स्थगित

533
shares

काठमाडौँ । आजका लागि बोलाइएको सत्तारूढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक स्थगित गरिएको छ।आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक स्थगित गरिएको छ।

‘तयारी नपुगेको र केही नेता कन्ट्याक ट्रेसिङमा परेको हुनाले बैठक स्थगित गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो।यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सिफारिस गरेको भए पनि सरकारले मिति तय गरेको छैन। निर्वाचन लगाएतका अन्य विषयहरुमा छलफल गर्न बैठक बोलाइएको भएपनि तयारी नपुगेको बहानावाजीमा बैठक स्थगित गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports