विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको आक्रमणबाट ११ जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानी सेनाको भनाई

1.2K
shares

पाकिस्तानी सेनाले कम्तीमा ११ जना सैनिक मारिएको र ७८ जना घाइते भएको बताएको छ।

मंगलबार सेनाले मिडिया ब्रिफिङमा कम्तीमा ११ जना सैनिक मारिएको जानकारी दिएको भनेर पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।डनका अनुसार नाइक अब्दुल रेहमान, लान्स नाइक दिलावर खान, लान्स नाइक इक्रमुल्ला, नाइक वकार खालिद, सिपाही मोहम्मद अदील अक्बर र सिपाही निसार मारिएका हुन्। त्यस्तै पाकिस्तानी एयर फोर्सका स्वाड्रोन लिडर उस्मान युसुफ, चिफ टेक्निसियन औरंजेब, सिनियर टेक्निसियन नजीब, कोर्परल टेक्निसियन फारूक र सिनियर टेक्निसियन मुबाशीरको पनि मृत्यु भएको हो।

पाकिस्तानको इन्टर सर्भिस पब्लिक रिलेसनका अनुसार भारतको आक्रमणबाट ४० जना नागरिक मारिएका छन्।पहलगाममा एक जना नेपालीसहित २६ जना मारिएको घटनापछि भारतले अपरेसन सिन्दुर सञ्चालन गरेको थियो।भारतले मे ६-७ मा पाकिस्तानका ९ वटा स्थानमा जबाफी हमला गरेको थियो। त्यसपछि दुई देशबीच तनाव सिर्जना भएको थियो। पाकिस्तासँगको लडाइँमा पाँच जना भारतीय सैनिक पनि मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

गत शनिबार दुई देशबीच युद्ध रोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports