kumari
stcnepal

मधेस प्रदेशले तराईलाई घाटा

काठमाडौं । मधेस सभ्यता होइन, भावनामात्र हो । मधेस भूगोल पनि होइन, भावनामात्र हो । सभ्यता र भूगोल त तराई थियो, तर गलत अभिष्ठ बोकेकाहरूले तराईका ८ जिल्ला मिलेर बनाइएको २ नम्बर प्रदेशको नाम मधेस प्रदेश राखिछाडे । जनकपुरलाई राजधानी बनाउनेहरुले मिथिला प्रदेश अथवा जानकी प्रदेश राखेको भए मधेसको साख बच्थ्यो, नाक बच्थ्यो ।

उताबाट नेपाल प्रवेश गरेका राजनीतिक व्यवसायी राजेन्द्र महतोले अब मधेसको पहिचान रह्यो भनेर भन्न पाउने थिएनन् । वास्तवमा मधेस प्रदेशको निर्णयले मधेसीको पहिचान समाप्त भएको छ ।
हुन त पूर्वपश्चिम सिमाना जोडिएका सिङ्गो तराई भूभागलाई मधेस प्रदेश बनाउनु पर्छ भन्ने घातक सोच पहिले देखि थियो । त्यसमा ब्रेक लाग्यो । मात्र ८ जिल्लाको प्रदेशलाई मधेस नामाकरण गरियो ।

औपचारिक मधेस प्रदेश वासिन्दाले मधेसी भन्दा गौरव गर्लान् ?तराईवासीलाई होइन, भारतबाट आएकालाई मधेसी भन्ने प्रचलनलाई २ नम्बर प्रदेशले नेपाली पहिचान दिलाईदिएको छ ।

 

footer