विरोध खतिवडामाथि नैतिक संकट
वि.सं.२०७८ माघ ७ शुक्रवार ०७:४०
shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयको गोदामबाट २४ लाख डोज खोप हरायो । कसले चो¥यो २४ लाख डोज खोप ? मन्त्रालयलाई थाहै छैन । जाबो खोपको सुरक्षा गर्न नसक्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाले चलाएको मन्त्रालयले गर्छ चाहिं के ?
खोपको खाता छ, खोप छैन, तथ्याङ्क छ, बाकस छैन । कसले कहाँ लग्यो यति ठूलो परिमाणको खोप ?
भनिन्छ, ५ देखि १५ हजारसम्ममा कालोबजारीमा बिक्री गरियो र स्वास्थ्यका कर्मचारी र स्वास्थ्यकर्मी मिलेर भोजन गरेका हुन् । यति ठूलो भ्रष्टाचार काण्ड भइसक्दा पनि अत्तोपत्तो थाहा नपाउने देउवा सरकारले स्वास्थ्य क्षेत्रलाई कसरी हाँकेको होला ?
बृद्ध, बालक, युवा, विद्यार्थीले खोप नपाएर हाहाकार छ । कतिले अकालमै ज्यान गुमाउन बाध्य भए । तर भान्सेहरुले खोपलाई समयमै वितरण गरेर लोकको ज्यान बचाउन छाडेर कालो बजारमा बेच्ने र पैसा कमाउने धन्दा पो चलाएका रहेछन् ।
पहिले पनि कतिपय भारतीयहरुलाई चाइनिज खोप कालो बजारमा बेचेर उनीहरुलाई चीन जाने मार्ग प्रशस्त गरेको हल्ला चलेको थियो । लोकको जीवनसँग जोडिएको प्रश्न भएकाले २४ लाख खोपको अपचलन गर्ने जो कोही होस्, तिनलाई लोकसमक्ष ल्याउन र कडा कारवाही गर्न उच्च स्तरीय आयोग गठन गर्न जरुरी ठानिएको छ ।





































