२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यका भित्र चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने

767
shares

काठमाडौं । उपत्यका भित्र चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । हिजो (बिहीबार) बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन । त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports