सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष मानन्धर रहेनन्

585
shares

 

काठमाडौं । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष, चर्चित व्यवसायी एवम् पूर्वसांसद लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना परीक्षण गर्न बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा पुगेका मानन्धरको अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
वरिष्ठ उद्योग व्यवसायी समेत रहेका मानन्धर पूर्व सांसद र पूर्व सांसद मञ्चको आजीवन सदस्य समेत थिए । मानन्धर २०५८ मा एमालेबाट राष्ट्रियसभामा चुनिएका थिए ।
त्यस्तै नेकपा एमाले र नेकपा माओवादीको एकतापछि बनेको तत्कालीन नेकपाको उद्योग व्यवसायी महासंघका संयोजक रहेका मानन्धर समाजसेवा शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयका सञ्चालक समिति अध्यक्ष रहँदै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष समेत भइसकेका मानन्धर नेपालका प्रतिष्ठित उद्योगपति एवम् व्यवसायीकारूपमा चिनिदै आएका थिए । स्वर्गीय मानन्धरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । अभियान साप्ताहिक परिवार स्वर्गीय मानन्धर परिवार र साल्ट टेडिङ्ग कर्पोरेशनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports