सुनको मूल्य सामान्य बढ्यो
वि.सं.२०८२ जेठ १६ शुक्रवार ११:१४
shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।


































