सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो सचिवालयका कर्मचारीको जिम्मा मन्त्रीकै हो

507
shares

 

काठमाडौ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने आवाज उठिरहेका बेला संसदको विपक्षी दल माओवादीसहित, राप्रपा, रास्वपाले मन्त्री लेखकको राजिनामा मागेका छन् । विपक्षीले मात्र होइन नेपाली कांग्रेसकै संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले समेत मन्त्री लेखकले राजिनामा दिएर अनुसन्धानलाई सहयोग गर्नपर्ने बताएपछि नेपाली कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । विगतमा समेत विभिन्न काण्डमा संलग्न भएका मन्त्रीहरुले राजिनामा दिएर अनुसन्धानलाई सघाएको स्मरण गराउँदै नेता कोइरालाले मन्त्री लेखकले राजिनामा दिनुपर्ने माग गरेका छन् ।
विगतमा हालका गृहमन्त्री रमेश लेखकले नै सदन र सडकमा प्रश्न उठेपछि राजिनामा दिएर अनुसन्धानलाई सघाउनुपर्दछ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको थियो । आज उहाँलाई यही स्मरण गराउँदै यथाशिघ्र गृहमन्त्रीको पदबाट राजिनामा दिएर निष्पक्ष रुपमा अनुसन्धानलाई सघाउनु माग गर्दछौँ भन्दै रास्वपा सहितले आफ्नो केन्द्रीय समितिबाटै त्यस्तो निर्णय गराएका छन् ।

आफ्नो नेतृत्वको मन्त्रालयका विभागका कर्मचारीहरु गम्भीर अपराधमा मुछिएका र नेतृत्वप्रति नै प्रश्न उठेकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने माग विभिन्न पक्षबाट उठेको हुनाले गृहमन्त्री लेखकले राजिनामा दिएर नैतिकता देखाउनु नै स्वयम उनैको हितमा हुन सक्छ ।
विगतमा भिजिट भिसा प्रकरणमा मुछिएर मुद्दा खेपेका कर्मचारीहरुलाई मन्त्रीको सचिवालयमा राख्नुले नेतृत्वमाथि प्रश्न उठ्न सक्ने आधार देखिन्छ । आफ्नो सचिवालयमा राखेका व्यक्तिहरु को हुन्, उनीहरुको व्यवहार कस्तो छ ? को को कार्यरत रहेको छन् भने गृहमन्त्रीलाई थाहा नहुने कुरै हुन सक्दैन ।

मन्त्रीकै रोजाईमा सचिवालयका कर्मचारीहरु ल्याउने भएकाले कर्मचारीहरुले गरेको सम्पूर्ण कार्यको जिम्मेवारी मन्त्रीले नै लिनुपर्दछ । त्यही कारणले गर्दा मन्त्री लेखकले राजिनामा दिएर अनुसन्धानलाई सघाउनु उपर्युक्त हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports