सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजारको सीमा हटायो

507
shares

काठमाडौं । सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजारको सीमा हटाएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ ।त्यसभन्दा बढी रकम समेत अब भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।

भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो । बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ ।यसअघि नेपाल उद्योग वाणिज्य महासंघले भारतीय पर्यटकलाई यो सीमा अन्य विदेशी पर्यटक सरह पुर्‍याउन माग गर्दै अर्थमन्त्रीलाई सुझाव दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports