सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

481
shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् ।आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो ।

जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् ।आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन ।

आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।

अक्सनअघि यसअघि खेल्दै आएका ८ टीमले बढीमा ४ जनासम्म खेलाडी रिटेन गरिसकेका छन् । यस्तै दुई नयाँ टिम लखनउ र अहमदाबादले तीनरतीन खेलाडी छनोट गरेका छन् ।

अहिलेसम्म १० टिमले गरेर कुल ३३ खेलाडी रिटेन भएका छन् । अब बाँकी खेलाडी अक्सनमार्फत छनोट गरिनेछ ।

यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् । डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् ।

अक्सनका लागि भारत बाहेक अष्ट्रेलियाबाट सबैभन्दा धेरै ५९ खेलाडीले नाम समावेश गरेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट ४८ र वेष्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबियाबाट, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एकरएक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports