सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकको नाफा १५.०४ प्रतिशतले सुधार

676
shares

काठमाडौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । महिनाको अवधिमा बैंकको नाफ १५.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रूपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७९ करोड ५२ लाख ३७ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रूपैयाँ रहेको थियो ।यस्तै सञ्चालन मुनाफा बढेर ३ अर्ब ६७ करोड ६९ लाख १४ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।

२३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकका खराब कर्जा १.७२ प्रतिशतबाट घटेर १.१३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports