सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारमा कुनै समस्या छैन : सभापति देउवा

767
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र गम्भीर समस्या नरहेको स्पष्ट गर्नुभएको छ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले वर्तमान सत्ता गठबन्धन भित्रका घटक दलहरू अलग–अलग पार्टी भएकाले कतिपय निर्णयमा फरक मत देखिनु स्वाभाविक भएको बताउनुभयो । ‘दुई वटा पार्टी अलग छन् नि, त्यस्तै सामान्य असहमतिहरू देखिन सक्छन्’, उहाँले भन्नुभयो ।

सभापति देउवाले ‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाइएपछि बजेट संसदबाट पारित भइसकेको जानकारी दिनुभयो। सो विषयमा पनि त्यति ठुलो विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘ठूलो कुरै थिएन नि, त्यसमा केही असमझदारी थियो, हटाएपछि बजेट पारित भइसक्यो। दुई वटा पार्टी अलग छन् नि, त्यस्तै सामान्य असहमतिहरू देखिन सक्छन्,’ उहाँले भन्नुभयो।

भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा सभापति देउवाले त्यसलाई निराधार र बेकारको आरोप भएको बताउनुभयो । ‘त्यो बेकारको, झूटा कुरा हो,’ उहाँले भन्नुभयो ।देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने पनि स्पष्ट गर्नुभयो। उहाँले यसमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports