सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बल्छी घुर्बेले गोवर गणेश फिल्म निर्माण गर्दै , मुख्य भुमिकामा वर्षा सिवाकोटी अनुबन्धित

1.07K
shares

टेलिभिजन शृंखलाबाट चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउँदै छन्।

यसैबीच उक्त फिल्ममा वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्।वर्षालाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको श्रेष्ठले जानकारी दिए।यसका लागि बिहीबार निर्माण टिम र शिवाकोटीबीच लिखित सम्झौता भएको हो।

यसअघि यस फिल्ममा पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजना घिमिरे ‘पुकु’ अनुबन्ध भइसकेका छन्।‘मेरी बास्सै’ टीभी सिरियलबाट चम्किएका कलाकार बल्छी धुर्बेले यो फिल्ममार्फत ठूलो पर्दामा आउन लागेका हुन्।

मरिचमानको आफ्नै फिल्म निर्माण कम्पनी बल्छी धुर्बे फिल्म्‌स प्रालिले यो फिल्म निर्माण गर्दै छ।यो फिल्मको छायांकन भदौ पहिलो साता सुरु गरिने निर्माण टिमले जानकारी दिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports