सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसले किन्यो १३ करोडमा पार्टी कार्यालय विस्तार गर्न जग्गा र घर

1.33K
shares

काठमाडौं। नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने सम्झौता गरेको छ ।

पार्टी कार्यालय विस्तार गर्न १३ करोड रुपैयाँमा जग्गा किन्ने सम्झौता गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा कांग्रेसले १३ करोड रुपैयाँमा किन्ने निर्णय गरेको उनले बताए ।कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports