सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामी ४३ औँ वर्षमा प्रवेश

715
shares

 

नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो अंक २०४० साल श्रावणमा प्रकाशित भएको थियो । यस साप्ताहिक पत्रिकाको नाम रन्को साप्ताहिक राखिएकोमा विविध कारणले गर्दा रन्को साप्ताहिकबाट २०४७ सालमा नाम परिवर्तन गरी अहिले अभियान साप्ताहिक नामबाट पत्रिका प्रकाशित भइरहेको व्यहोरा जानकारी गराउन पाउँदा हामीलाई हर्ष लागेको छ । निश्चय पनि पत्रकारिता सजिलो विषय होइन । त्यसमा पनि स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो परिवेशमा निकै कठीन कार्य मानिन्छ । पत्रकारिता गरेको र समाचार लेखेवापत नै हाम्रा धेरै मित्रहरूले ज्यान गुमाइसकेका छन् । राजनैतिक क्षेत्रमा देखिएका विकृति र विसंगतिकै कारण पत्रकारहरू असुरक्षित हुँदै गएका छन् । राजनैतिक दलहरूको स्वार्थ अनुकूलका समाचारहरू प्रकाशित नगरिएकै कारण डेकेन्द्रराज थापा, प्रकाश ठकुरी, वीरेन्द्र शाह, उमा सिंह, शिव पौडेल यादव पौडेले, प्रेम गुप्तालगायतका अन्य धेरै पत्रकारहरूको हत्या भएको थियो । पत्रकार नै सुरक्षित नभएपछि सर्वसधारण नागरिकहरूको हालत कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । २०७२ सालमा गएको भूकम्प र कोरोना भाइरसका कारण पत्रकारीता क्षेत्रले ठुलो दुखकष्ट सहनु परेको थियो भने हाम्रा कयैन मित्रहरूले ज्यान समेत गुमाएका थिए । विगत एक वर्षदेखि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि सञ्चार क्षेत्रले केपी ओली नेतृत्वको सरकारबाट ठुलो आशा र भरोसा गरेका भएपनि सञ्चार क्षेत्रको आशा एवं भरोसाप्रति सरकारले कुनै विश्वास दिलाउन सकेको छैन । सरकारी तवरबाट पाउनुपर्ने सेवा सुविधामा समेत सरकारले कन्जुस्याईं गर्दै गइरहेको छ । यसकारणले पनि पछिल्लो समयमा पत्रपत्रिकालगायतका सञ्चारका धेरै साधनहरु बन्द हुने अवस्थामा पुगेका छन् । यस विषयमा हामी यही सम्पादकीय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।
मुलुकमा राजनैतिक परिवर्तन भएपछि मुलुकवासीले निकै ठूलो आशा र भरोसा गरेका थिए । पत्रकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरूले समेत अब पत्रकारिता क्षेत्रमा सुधार आउने आशा गरेको भएपनि सम्पूर्ण नेपाली जनताको आशा र विश्वासमाथि राजनैतिक दलहरूले बज्र प्रहार गरे, त्यसै अनुरुप पत्रकारिता क्षेत्रमासमेत बज्र प्रहार भयो । राजनीतिक दलका पछाडि दौडने पत्रकारबाहेक स्वतन्त्र पत्रकारिता गर्ने व्यक्तिहरूलाई राज्यले वेवाास्ता ग¥यो, अर्थात् उनीहरूलाई राज्यले सौतेनी व्यवहार गरेर उनीहरूलाई सेवा र सुविधाबाट बञ्चित गरायो । तर त्यति हुँदाहुँदै पनि पत्रकारितामा लागेका व्यक्तिहरूले हिम्मत हारेनन् र आफ्नो पत्रकारितालाई नै आदर्श मान्दै अगाडि बढेका छन् । यसैक्रममा यस अभियान साप्ताहिकले समेत अनेक प्रकारका दुःख कष्ट सहनु परेको छ । राज्यबाट प्रदान गरिने विज्ञापन लगायतका अन्य सुविधाहरू विभिन्न बहाना गररे बञ्चित गर्ने गरिएको भए पनि आदरणीय पाठक, शभु चिन्तकहरूको मायाले गर्दा हामी ४२ औं वर्ष पुरा गरी ४३ आंै वर्षमा प्रवेश गर्न सफल भएका छांै । यस साप्ताहिक पत्रिकालाई यहाँसम्म पु¥याउन सहयोग र सद्भाव राख्ने सम्पूर्ण आदरणीय पाठक, विज्ञापनदाता तथा शभु चिन्तकहरूलाई हामी धन्यवाद दिन चहान्छांै ।
आदरणीय पाठकवृन्द नेपालमा पत्रकारिता गर्नु जोखिमपूर्ण कार्य हो । थोरै समयमा धेरै पत्रकार मित्रहरूको हत्या भएको छ । केहीलाई वेपत्ता पारिएको छ, यस्तो अवस्था विद्यमान रहँदा पनि सरकार भने पत्रकारहरूको सुरक्षा गर्न असफल साबित भएको छ । सरकारको बोली र व्यवहारमा भिन्नता पाइएको छ । राजनैतिक दलका कार्यकर्ता मारिएमा तत्कालै उनीहरूलाई राहत प्रदान गरिने भएपनि अन्य पत्रकारहरूलाई त्यस्तो राहत प्रदान गरिएको छैन । पार्टीगत स्वार्थका लागि राजनैतिक दलका कार्यकर्ताहरूबाटै पत्रकारहरूको हत्या, कुटपिट हुनु र अपहरण गरिनु निश्चय पनि राजनैतिक दलका लागि सुहाउँदो विषय होइन । राजनैतिक दलका पिछलग्गु नभएको खण्डमा स्वतन्त्र रुपमा रहेर पत्रकारिता गर्न‘ निश्चय पनि यहाँ पहाड फुटाउनु सरह भएको हामीले महसुस गरेका छांै । राज्यको चौथो अंग मानिने पत्रकारिता जगतको त सुरक्षा दिन सरकार असफल छ भने त्यस्तो सरकारले आफ्ना जनताको सुरक्षा कसरी गर्न सक्छ ? यो आफैंमा उब्जिएको प्रमुख प्रश्न हो भन्ने हामीले ठानेका छौं । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा नेपाली पत्रकारिताको लागि केही आशा र भरोसा सञ्चारकर्मीहरूमा जागेको छ । यो आशा र भरोसालाई प्रधानमन्त्री ओलीबाट पूर्ण सहयोग र समर्थन गर्न सक्ने विश्वास नेपाली सञ्चारकर्मीले लिएका छन् ।
अन्त्यमा, आजका मितिसम्म यस साप्ताहिक पत्रिकालाई यहाँसम्म ल्याउन सहयागे गर्ने सम्पूर्ण आदरणीय जनसमुदायलाई हार्दिक धन्यवाद दिंदै हाम्रा विज्ञापनदाता, शुभचिन्तक, पाठक, विक्रेतालगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हामी विनम्र अनुरोध गर्न चहान्छांंै अबका दिनमा समेत यस साप्ताहिक पत्रिकाले स्वतन्त्र पत्रकारिताको भूमिका निवार्ह गर्ने कार्यलाई अगाडि बढाउने छ, पितपत्रकारितालाई कहिल्यै बढावा दिने छनै भने कुरामा हामी तपाईंहरूलाई विश्वास दिलाउँदै आउँदा दिनसम्ममा समेत तपाईंहरूको सक्रिय सहयोग र समर्थन रहने आशा गर्दै हामी ४३ आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि हामी सँधै प्रतिवद्ध रहने विश्वास तपाईहरूलाई दिलाउन चाहान्छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports