सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेता जो अर्काको दास छन्, दासबाट के आश ?

585
shares

 

राजन कार्की
स्वराजका लागि स्वाभिमान हुनुपर्छ । जो स्वाभिमान तिलाञ्जली दिएर सत्तास्वार्थ पूरा गर्छ, त्यस्ता स्वार्थीहरु राजनीति होइन व्यापार गरिरहेका छन् । व्यापारीको देश हुँदैन । व्यापारी मुनाफाका लागि अर्काको दास बन्छ । हाम्रा नेता जो आफैमा अर्काको दास छन्, दासबाट के आश ?
परिवर्तन भयो, जनताले साथ दिए । विदेशीले पनि साथ दिएकै हुन् । त्यो परिवर्तन देश र जनताका लागि हुनसकेन । भनिन्छ, युद्ध जित्नेको नाम चंगेज खान थियो । चंगेज वीरताको नाम, विजयको नाम थियो, बलियो राष्ट्रवादको नाम थियो, देशघातकको नाम थिएन । नेपालका सन्दर्भमा नेताहरुहरु संघर्ष जितेर चंगेज त बने, वीर बन्न सकेनन् । तिनले हाँकेको लोकतन्त्रमा लोक देखिदैनन्, उनीहरु बास्सा बनेका छन्, लोक गुलाम । हामीसँग लोकमत छ, जे पनि गर्नसक्छँैं भन्ने अहंकार चंगेज खान हुनसक्दैन । धर्मनष्ट भएपछि अहंकार जन्मने हो, अहंकारी धर्माधिकारी बन्न सक्दैन । हाम्रा नेताहरु राजनीतिक धर्म नष्ट गरेर स्वार्थको स्वर्ग निर्माण गरिरहेका छन् ।
हो कुनै दिन जिम्मी कार्टरले जीपी कोइरालालाई दक्षिण एसियाको नेता भनेका थिए, आज कोइरालालाई कसैले सम्झदैनन् । किनकि कोइराला देश र जनताका लागि अभिषाप बनेर बिते । उनको मृत्यु अस्वभाविक थियो । राज्यले सलामी दिने र कार्यकर्ताले मलामीको काम गर्ने, आमनागरिकले नसम्झने व्यक्ति राजनेता बन्न सक्दैन । दिल्लीको जे खायो त्यही पचायो हाजमोला खाने लत बसेकाहरुलाई यो कुरा अपच होला, तर सत्य यही हो । वर्तमान नेतृत्वपंक्ति यही कोटीमा पर्छन् ।
१८१६ को सुगौली सन्धि गरेर हामीले किल्ला काँगडा गुमायौं । त्यसपछि मन्द अतिक्रमण, १९५० को शान्ति तथा मैत्री सन्धिपछि गतिमान बन्यो । स्थिति यस्तो सिर्जना हुनपुग्यो कि न हाम्रा सीमा सुरक्षित छन्, न स्वराज । हुँदा हुँदा ६६ हजार बर्गकिलोमिटर सीमामात्र मिचिएन, कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत भारतले खाइसक्यो ।
राजनीति बहुलाले केरा हेरे जसरी हेरेर बसेका छन् । यिनलाई सीमा मिचिदा कतै दुखेन ।
राजनीतिमा इमानको धर्म हुन्छ । व्यक्तिको व्यक्तिगत धर्म, घरको घरेलु धर्म, गाउँको गाउँले धर्म, समाजको सामाजिक धर्म, संस्थाको संस्थागत धर्म, राष्ट्रको राष्ट्रिय धर्म हुन्छ । यो शताव्दिमा त मानवाधिकार प्रमुख धर्मको रुपमा देखा परेको छ । देशभित्र यी धर्महरुको स्थिति बलियो छ कि कमजोर ? यही एउटा प्रश्नले हामीलाई घरको न घाटको बनाइदिएको छ । किनकि हामीले राजनीतिलाई आयातनिर्यात गर्ने कम्पनी बनाइदियौं । घरदेखि सडकसम्म, सदनदेखि सरकारसम्म धर्म छैन । जे छ, व्यभिचारमात्र छ ।
राष्ट्रको स्वाभिमान उभिएको त्रिखुट्टी भनेको धर्म, राजसंस्था र सेना थियो । धर्म रहेन, राजसंस्था किनारा लगाइयो, सेना संविधानको घेराबन्दीमा छु भनिरहेछ । प्रभाव अपराधिकरण भएको राजनीतिको मात्र छ । १८ वर्षदेखि सेनाले देशको शान्तिसुरक्षा, ऐक्यवद्धता र स्थिरताका लागि सेना सचेत छ, सक्षम छ भन्ने अभिव्यक्ति आइरहेछ तर अभिव्यक्तिमा पुच्छर जोडियो– सरकार र संविधानले दिएको कार्यादेशअनुसार । जनता र देशलाई शिरमा राखेर डमरु र त्रिशुललाई शक्तिको स्रोत मान्ने सेना स्वतः धर्म सापेक्ष छ । कूलपूजा र मूलपूजा गरेर अहोरात्र खटिने सेनाको आन्तरिक र बाह्य जिम्मेवारी छन्, बाह्य जिम्मेवारी त बखुवी निभाइरहेको छ सेनाले, आन्तरिक जिम्मेवारी व्यापक छ र व्यापक जिम्मेवारी पूरा गर्न नेपाली सेनाले खुट्टा लरबराउने, लरतरो हिसावले सम्भव छैन, शुरवीरताको साहस देखाउनै पर्छ । राजनीतिलाई आफ्नो कोर्समा छाडिदिने, राजनीति असफल हुनासाथ सेना सक्रिय भइहाल्नुपर्छ । नेपाली सेना राष्ट्रिय धर्मप्रति सचेष्ट छ भन्ने विश्वास जनजनमा छ, यही विश्वासको सम्मान राख्नुपर्ने दायित्व छ सेनामा । सेनाको सकृयता समयको माग हो । किनकि अपराधले सीमा नाघिसक्यो ।
खुलस्त भइसक्यो– संसददेखि सर्वोच्चसम्म, नागरिक समाजदेखि सिंहदरवारसम्म दाताहरु दान दिइरहेका छन् र नेतादेखि कार्यकर्तासम्म दानको पोखरीमा पौडिखेलिरहेका छन् । विदेशीले दिएको कार्पेटमा हिड्ने, मेचमा बस्ने, सुखानुभूति र सुविधाभोगी बनेका भोजभट्टहरुले गर्ने निर्णयमा नेपाली सुगन्ध भेटिएला कि विदेशी दुर्गन्ध ? कोही सीमा मिच्ने, कोही शासनमा किला ठोक्ने, कोही दिमाग भुट्ने, सकेसम्म नेपाललाई लुट्ने, हामीभित्र दास प्रवृत्ति बढेकै हो । स्वाभिमान साँघुरिएकै हो । हाम्रै छातीमा हामीलाई नै फुटबल ठान्ने, हान्ने ? विदुरनीति भन्छ– कुनै पनि काम समूहमा गर्नु उपयुक्त हुन्छ । यहाँ जे काम भइरहेको छ, गुटमा, गुटको स्वार्थमा भइरहेको छ । बुद्धले भनेजस्तै हाम्रा नेताहरु ‘कुरा अनुसारको काम नगर्दा बास्नाहीन फूलजस्तै’ बने । अपराध पन्पियो ।
१९७५ मा सिक्किमलाई भारतमा मिलाउने योजना (भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ) ‘र’ को थियो । त्यसपछि नेपालको मधेसलाई भारतमा मिसाउने योजना रहेको थियो, ‘र’ को त्यो उद्देश्य त्यसपछि भारतमा उत्पन्न निरन्तरको राजनीतिक अस्थिरता र १९७७ मा इन्दिरा गान्धीको पराजयका कारणले आजसम्म सम्भव भइसकेको छैन भनेर ‘र’का पूर्वअधिकारी आर के यादवले ‘मिसन ‘र’ पुस्तक लेखेरै खुलस्त पारिदिएका छन् । पुस्तकमा यसबारे ‘र’का संस्थापक काओले उनलाई जानकारी दिएको पनि उल्लेख छ ।
नेपालमा थिङ्क टेंक छन् भने तिनले यो पुस्तक पढेकै हुनुपर्छ । पढेर पनि मुख नखोल्नेहरु निदाएको बहाना गरिरहेका छन् । सार्वभौम, स्वाधीन र लोकतन्त्रको मन्त्र जपेर नथाक्ने राजनीतिक प्राणीहरुलँई ०६३ को जनआन्दोलनले बलवान बनाएको छ । ०७२ को संविधानले कम्युनिष्टलाई पहलमान । यी बलवान र पहलवान नेताहरु कोही पनि राष्ट्रिय अस्तित्व कुन हालतमा पुगेको छ भनेर चुूइक्क बोल्दैनन् । जमाना थियो, भारतका जयप्रकाश नारायण भन्थे– यी कस्ता नेता हुन् जो नेपाललाई भारतका सामु नतमस्तक बनाउन दिल्ली आइरहन्छन् । त्यो कालखण्ड र यो कालखण्डमा भिन्नता रौं बराबर छैन, किनकि हाम्रा नेताहरुको राजनीतिक बैतर्णी बागमती बन्न सकेन, दिल्लीको यमुनाकिनार नै कायम छ । राजा, धर्म मास्ने, सेनालाई संविधानको नागपासले बाँध्नेजस्ता ठूला ठूला परिवर्तन त भए, नेतृत्वदायी व्यक्तिहरु दास मनोवृत्तिबाट माथि उठ्न सकेनन् । दास त दास नै हो, जो आफैमा दास छ, दासबाट के आश गर्ने ? हामी दासबाट स्वतन्त्रताको आश गरिरहेका छौं ।
श्री ३ चन्द्रशमशेरले उहिल्यै दासप्रथा उन्मूलन गरिदिएका हुन् । उबेलाको कुरा कूबेलामा, अहिले देशभित्र खड्ग र प्रचण्ड नागरिकलाई दास बनाउने साँचो बनेका छन्, उनीहरु आफै विदेशीका सामु लम्पसार । लियो टल्सटायले दासताका तीन रुप हुन्छन् भनेर लेखेका थिए, दासताका सबै रुप लोकतान्त्रिक नेपालमा विद्यमान छन् । ०७५ साल असारको अन्तिम हप्ता ब्रम्ह चेलानीले नेपालमाथि भारतले ज्यादति गर्दै आएको छ, नेपालसँग माफी माग्नुपर्छ भनेर के लेखेका थिए, केही नेपाली बुद्धिजीवीले पो आलोचना गरे । गिदी बस्ने ठाउँमा गोबर भरिएपछि दासता त बढ्नै नै भयो । नेपाल दास उत्पादन गर्ने मुलुक बनेको छ ।
भारतीय सेनाका कर्नल गौतमले ‘नर्दर्न सेक्युरिटी अफ इण्डिया’ पुस्तक लेखरै १९५० मा नेपाललाई भारतमा नमिलाएर नेहरुले हिमालय भूल गरे, त्यो भूललाई भारतले छिटोभन्दा छिटो सच्याउनु पर्छ । जनआन्दोलन, जनयुद्धका नाइकेहरु जो देशरक्षा र बिस्तारवादबिरुद्ध सुरुङयुद्धसम्मको उद्घोष गर्थे, उनीहरु यतिबेला दास जसरी लम्पसार परेका छन् । सत्तामा पुग्यो कि निहुरीमुन्टी न हुने कस्तो क्षयरोग लाग्यो हाम्रो देशका शासकबर्गलाई ? राजनीतिक क्रान्ति सकियो, अव आर्थिक क्रान्ति सुरुभो भन्नेहरु उही तस्कर, माफिया, भ्रष्ट, अनैतिकहरुसँग रातो चामलको भात खाएर डकार्न थालेका छन् । गरिखाने वातावरण छैन, प्रत्येक नागरिकको टाउकोमा ९० हजार ऋणको बोझले थिचिसक्यो, समृद्धिका हलकारा बनेर छलकारा कुरा गरिरहेका छन् । नेपालको नेतृत्व सम्हाल्ने नेताहरु स्वतन्त्र नेपालका धरहरा बन्न सकेनन् । राजनीति छ तर राजनीतिभित्र राष्ट्रवाद बाँकी देखिदैन ।
राम कहाँ छन्, रामराज्य कहाँ छ ? राजतन्त्र फालेपछि रामराज्य आउँछ भन्ने यिनै हुन् । हिन्दुधर्म फालेपछि समृद्धि हुने मान्यता राख्ने पनि यिनै हुन् । सेनालाई राजनीतिमा मुछ्न सकियो भने एकछत्र साम्राज्य हुनेछ भन्ठान्नेहरु पनि यिनै हुन् । देशलाई दास पोखरीमा चुर्लुम्मै डुबाएर यिनीहरु आफू त समृद्ध भए, सम्पन्न भए । संविधान बनेपछि, चुनाव सम्पन्न भएपछि सिंहदरवार घरघरमा पुग्छ भनिएकै हो, सिंहदरवारको भ्रष्टाचार र अनैतिकता छताछुल्ल हुनपुग्यो । निगरानी र नियमन गर्ने निकाय लुते पारिएपछि कुखुराचोर बनबिरालाहरु नङ्ग्रा देखाएर बाघ हौं भनिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको मनखत एउटै छ– राष्ट्रियताको धून सुन्न पाइएन । जनताले खोजे म यहीँ छु भन्ने पूर्वराजा नेतृत्व लिन पनि तैयार भएका छन् तर राजतन्त्र पुर्नस्र्थापनागर्ने शक्तिहरु कुकुर बिरालाजसता बनेका छन् । राजनीतिक गुत्थी सुल्झिएको छैन, राष्ट्रिय मुद्दाहरु सल्टिएको छैन, साधुलाई शूली, चोरलाई चौतारो शासन चलिरहेको छ । अराजकता र अस्थिरता बढ्दो छ ।
जो मांसाहारी छन्, तिनीहरु जनतालाई झुक्याउन शाकाहरी कुरा गर्छन् । समाजवादी लुटाहजस्ता छन्, कम्युनिष्ट कम्युन्यालिस्टका उदाहरण बनेका छन् । यिनले स्वराज र सार्वभौमिकता जोगाउने रे । १८ वर्षदेखि देखेको हुटिट्याउँको खुट्टी देख्दै चाल पाइएन र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports