हामी ४३ औँ वर्षमा प्रवेश
वि.सं.२०८२ साउन १ बिहीवार ११:५६
shares

काठमाडौबाट विगत ४२ वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको अभियान साप्ताहिक ४२ वर्ष पूरा गरि ४३ औँ वर्षमा प्रवेश गरेको खबर तपाईहरुलाई सुनाउन पाउँदा हामी हर्षित भएका छौँ ।
विगतमा जस्तै तपाईको सहयोग सद्भावको हामी आशा गर्दछौँ । यस साप्ताहिकलाई विगत ४२ वर्षदेखि सहयोग सद्भाव, समर्थन गर्ने उद्योगी, विज्ञापनदाता, शुभचिन्तक तथा हाम्रा ग्राहकहरुलाई यस अवसरमा हामी धन्यवाद दिन चाहान्छौँ ।
अन्त्यमा पत्रिका नियमित प्रकाशित गर्नु भनेको अहिले फलामको च्यूरा चपाउनु सरह भएको अवस्थामा पनि हामीलाई माया गरि पत्रिका नियमित प्रकाशित गर्न सहयोग, समर्थन र सद्भाव राख्ने सबैलाई पुन हार्दिक धन्यवाद दिन चाहान्छौँ ।
देवेन्द्र चुडाल
सम्पादक÷प्रकाशक
अभियान साप्ताहिक, परिवार



































