सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीमा एआइजीको दरवन्दी १० पुर्याउँदै सरकार

416
shares

काठमाडौं, माघ १० । सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पाँचवटा दरबन्दी थप्ने तयारी गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । सत्ता गठबन्धनका नेताहरुको भागबण्डा मिलाउन सरकारले एआइजीको थप ५ ओटा दरवन्दी सिर्जना गर्न लागेको हो ।यसअघि प्रहरी प्रधान कार्यालयले एआईजीका तीन दरबन्दी थपका लागि गृह मन्त्रालयमा प्रस्ताव लगेको थियो ।

सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले तीनवटा दरबन्दी थप्न गतपुस २९ गते गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहको प्रस्तावअनुसार अर्थमन्त्री जनार्दन शर्माले ३ एआइजीको दरबन्दी स्वीकृतिका लागि सहमति दिइसक्नु भएको छ । तर आकांक्षीहरुले शक्तिकेन्द्रमा थप दबाब बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले थप दुईवटा दरबन्दी थपेर प्रस्ताव तयार गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको यो निर्देशनसँगै अब नेपाल प्रहरीमा एआइजीको संख्या १० पुग्ने भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रस्ताव तयार पारिसकेको छ । यही माघ १२ गते अर्थात पर्सि राष्ट्रियसभाको निर्वाचन भएकोले सो निर्वाचनपछि एआईजीमा बढुवा गर्ने तयारी भइरहेको छ । गृह स्रोतका अनुसार प्रहरी नायव महानिरीक्षक (डीआइजी) त्रय धिरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्नका लागि ३ पद थप गरिएको थियो । तर डीआइजीहरु इश्वरबाबु कार्की, बसन्त पन्त र गणेश ऐरले दबाब बढाएपछि दरबन्दी थपिन लागेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख डीआइजी सिंह, महानगरीय आयुक्त कार्यालयका सुवेदी र प्रहरी प्रधान कार्यालयका धानुकले एआइजीजीमा बढुवा निश्चित जस्तै छ । डिआइजीत्रयकै लागि तीन दरवन्दी थप गरिएकोले तीनै जना बढुवा हुने सूचमा हुनुहुन्छ । आफू बढुवाका लागि तीन डीआइजीले दरबन्दी थप गराएपछि डिआइजी ऐर इश्वरबाबु कार्की, र पन्तले पनि २ दरबन्दी थप गर्न लगाउनु भएको हो । एआइजीको पाँच दरवन्दी भए पनि तीनमध्ये एक जना छुटने निश्चित छ ।

प्रधानमन्त्री देउवाले २०७३ मा एआइजीका दरबन्दी ३ वटा बाट थपेर १५ बनाउनु भएको थियो । २०७४ मा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाइएको थियो । त्यसपछि बीचमा २ वटा थप गरी एआइजीका दरबन्दी ५ बनाइएको थियो । तर देउवाले पुन संख्या बढाएर किर्तीमान राख्न लाग्नुभएको हो । डिआइजीको बढुवालगत्तै रिक्त पदमा एसएसपीबाट बढुवाको गृहकार्यसमेत अघि बढेको प्रहरी प्रधान कार्यालयस्रोतले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports