नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीलाई यथास्थितिमा पारित गर्न नदिन माओवादीले नेतृत्व गर्‍यो : प्रचण्ड

1.01K
shares

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा अनुमोदन हुन नदिने निकै कस्ट गरेको बताएका छन् । पार्टी सचिव लीलामणि पोखरेलद्वारा लेखिएको पुस्तक ‘नेपालमा एमसीसी’ बुधबार काठमाडौँमा सार्वजनिक गर्दै उनले निकै चुनौती झेलेर व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गरेको स्मरण गरे ।

एमसीसी अध्ययन गर्ने बेला नेकपाको सरकार रहेको र पारित गर्ने बेला नेपाली कांग्रेसको सरकार रहेको हुँदा परिमार्जनका लागि निकै अप्ठ्यारो अवस्था पार गरेको उनले बताए ।‘नेकपा बनेको बेला एक मात्र केन्द्रीय समिति बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यतिबेला एमसीसी अध्ययन गर्न हामीले कार्यदल नै बनाएको थियौँ । त्यो कार्यदलले यथास्थितिमा एमसीसी अनुमोदन गर्न हुँदैन भनेर प्रतिवेदन बुझायो । आइपीपी, एसपीपीसँग जोडिएको छ भनेर चर्चा पनि भएको थियो । त्यतिबेला पार्टीभित्र ठुलो विवाद भएको थियो’, उनले भने, ‘त्यतिबेला एमसीसीलाई यथास्थितिमा पारित गर्न नदिन माओवादीले नेतृत्व गर्‍यो । अध्ययन कार्यदल हुँदा नेकपाको सरकार थियो । जतिबेला अनुमोदनको बेला थियो, त्यतिबेला कांग्रेस नेतृत्वमा सरकार थियो । कांग्रेस हर हालतमा पारित गर्नुपर्नेमा अड्डी लिएको थियो । हामी कुनै हालतमा यथास्थितिमा पारित गर्न हुँदैन भन्ने पक्षमा थियौँ ।’

अनुमोदन गर्ने बेलामा माओवादी पनि कांग्रेस नेतृत्वको सरकारमा रहेका हुनाले एमसीसी परिमार्जन सहित अनुमोदन गर्ने पक्षमा नदेखिए एमालेलाई एकतर्फी समर्थन गरेर सरकार चलाउने दिने पक्षमा समेत उभिएको प्रचण्डले जिकिर गरे ।‘हामीले एसपीपी र आइपीएससँग पनि जोडिएको विषय भएकाले यथास्थितिमा पारित हुने स्थिति आए सरकारमा बस्न नसकिने प्रधानमन्त्री शेरबहादुर देउवालाई बताएका थियौँ । त्यतिबेला सबैभन्दा अप्ठ्यारो माओवादीलाई परेको थियो । यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन हुने स्थिति थिएन । कांग्रेस जुनसुकै मूल्य चुकाएर पनि अनुमोदन गर्ने पक्षमा थियो । यदि यस्तो अवस्था आएमा एमालेलाई एकतर्फी रूपमा सरकारको नेतृत्व गर्न समर्थन गर्ने निष्कर्षमा हामी पुगेका थियौँ’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports