बहुविवाहसम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक सदमा पेस हुदैँन : कानूनमन्त्री
वि.सं.२०८२ साउन २१ बुधवार १७:५६
shares

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी तयार पारिएको विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता जनाएका हुन् ।उनले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’
सरकारले विवाहित पुरुषले दोस्रो विवाह गर्र्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भइरहेको छ ।




































