जिल्ला प्रशासन कार्यालयले अनलाइन दर्ता गर्ने ब्यवस्था मलाई थाहा थिएन तर अब सबैले मान्नुपर्छ : सञ्चारमन्त्री
वि.सं.२०८२ साउन २१ बुधवार १७:५८
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले संसदले नै पास गरेर कानून बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताए ।नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको भन्दै गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानून मन्त्रालयको भएको जिकिर गरे ।
सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।




































