सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका लागि सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई थप कडा बनाउने

572
shares

काठमाडौँ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका लागि सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई थप कडा बनाउने भएको छ । अबदेखि नयाँ नियुक्ति पाउने राष्ट्रसेवकले नियुक्ति पत्र लिनुअघि नै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकायलाई यस्तो निर्देशन जारी गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीको सङ्ख्या बढेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनपछि अख्तियारले यस्तो कदम चालेको मन्त्रालयले जनाएको छ ।सङ्घीय मामिला मन्त्रालयले साउन २६ गते सबै गाउँपालिका, नगरपालिका र राष्ट्रिय किताबखाना (निजामती) लाई परिपत्र गर्दै अख्तियारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । अख्तियारले असर १० मा प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमा सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न नीतिगत सुझावहरू दिएको थियो ।

जसमा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्वबारे पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नयाँ नियुक्ति हुने राष्ट्रसेवकलाई सम्पत्ति विवरणको फाराम भरेपछि मात्र नियुक्ति पत्र दिने लगायत रहेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports